विषम अवस्थामा कामना सेवाको बलियो छलाङ, १५.१६% लाभांश क्षमता
काठमाण्डौ । बैंकिङ क्षेत्रमा कर्जा विस्तारको सुस्तता, असुलीमा दबाब र निष्क्रिय कर्जा वृद्धिको चुनौतीबीच कामना सेवा विकास बैंकले उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ।बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जित ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँको तुलनामा ३३.५१ प्रतिशत बढी...

