कोटा पुगेर राहुल गान्धीले उठाए शिक्षा प्रणालीमाथि प्रश्न, ‘छात्रहरूको गुञ्ज’ अभियान शुरु
काठमाण्डौ । भारतका लोकसभामा विपक्षी नेता राहुल गान्धीले राजस्थानको कोटा शहरमा आयोजित ‘छात्रहरूको गुञ्ज’ नामक कार्यक्रममा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। कार्यक्रममा उनले देशको शिक्षा व्यवस्था, परीक्षा प्रणाली तथा बेरोजगारी जस्ता विषयमा गम्भीर प्रश्न उठाएका छन्।

