गण्डकीमा राइड सेयरिङको नयाँ भाडादर लागू, एपमै भाडा समावेश अनिवार्य, अतिरिक्त शुल्क निषेध
काठमाण्डौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवामा नयाँ भाडादर लागू गर्दै डिजिटल यातायात प्रणालीलाई नियमन गर्ने प्रयास गरेको छ । प्रदेशभित्र सञ्चालन हुने दुई पांग्रे र चार पांग्रे सवारीका लागि छुट्टाछुट्टै दर निर्धारण गर्दै सरकारले सेवा पारदर्शी र व्यवस्थित बनाउने नीति अघि सारेको हो ।

