मंगलवार, आश्विन २०,२०८३ 08:38:33
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 08:38:33
Bizshala
Global IME Bank Limited

गण्डकीमा राइड सेयरिङको नयाँ भाडादर लागू, एपमै भाडा समावेश अनिवार्य, अतिरिक्त शुल्क निषेध

Bizshala
गण्डकीमा राइड सेयरिङको नयाँ भाडादर लागू, एपमै भाडा समावेश अनिवार्य, अतिरिक्त शुल्क निषेध
New Office

काठमाण्डौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवामा नयाँ भाडादर लागू गर्दै डिजिटल यातायात प्रणालीलाई नियमन गर्ने प्रयास गरेको छ ।  

प्रदेशभित्र सञ्चालन हुने दुई पांग्रे र चार पांग्रे सवारीका लागि छुट्टाछुट्टै दर निर्धारण गर्दै सरकारले सेवा पारदर्शी र व्यवस्थित बनाउने नीति अघि सारेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट नियमावली दोस्रो पटक पारित भएपछि भाडादर कार्यान्वयनमा ल्याइएको हो ।  

यसअघि पहिलो पटक २०८२ वैशाख ३० गते नियमावली स्वीकृत भएपनि संघीय सरकारको निर्देशन र यातायात व्यवसायीको विरोधका कारण कार्यान्वयन रोकिएको थियो ।

 पछिल्लो पटक २०८२ वैशाख २२ गते पुनः स्वीकृति भएपछि नयाँ भाडा संरचना लागू गरिएको हो ।

सरकारको यो कदमलाई एकातिर व्यवस्थित राइड सेयरिङ बजार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ निजी यातायात व्यवसायी र उपभोक्ता दुवै पक्षमा यसको प्रभावबारे बहस सुरु भएको छ ।  

विशेषगरी डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने सेवामा सरकारले प्रत्यक्ष भाडा तोक्नुले बजार प्रतिस्पर्धा र मूल्य निर्धारणको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।

नयाँ दरअनुसार चार पांग्रे पेट्रोल सवारीका लागि ६० रुपैयाँ सुरुवाती भाडा तोकिएको छ भने त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ लाग्नेछ ।  

दुई किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ निर्धारण गरिएको छ ।  

विद्युतीय सवारीमा १५ प्रतिशत र पेट्रोल सवारीमा १० प्रतिशत छुट लागू गरिएको छ, जसले स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी दुई पांग्रे सवारीका लागि शुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ भने प्रति किलोमिटर १६.८५ रुपैयाँ शुल्क लाग्नेछ ।  

एक किलोमिटरसम्मको आधार भाडा ४६.८५ रुपैयाँ कायम गरिएको छ । 

यसमा पनि विद्युतीय सवारीलाई प्राथमिकता दिँदै छुट व्यवस्था लागू गरिएको छ ।

मन्त्रालयले भाडादर र छुट व्यवस्था अनिवार्य रूपमा राइड सेयरिङ एपमै समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।  

यात्रुबाट तोकिएको दरभन्दा बढी शुल्क लिन नपाइने स्पष्ट गर्दै सरकारले नियमन कडा बनाउने संकेत दिएको छ ।

यातायात मन्त्री गोविन्दबहादुर नेपालीका अनुसार नियम उल्लङ्घन गर्ने सेवा प्रदायक तथा चालक दुवैमाथि काननी कारबाही हुनेछ ।

विज्ञहरूका अनुसार यो कदमले सेवा क्षेत्रमा अनुशासन ल्याउन सक्छ ।  

तर, दीर्घकालीन रूपमा बजार प्रतिस्पर्धा र मूल्य लचकतामा कस्तो असर पार्छ भन्ने विषय भने अझै खुला बहसकै रूपमा रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.