वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको आरोपपत्रले नागरिकता प्रक्रिया दुरुपयोगको आरोपमा मुद्दा दायर गरेको हो ।

