रूपन्देहीका १२ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने, ६३३ खोप केन्द्र तयारी
काठमाण्डौ । रूपन्देहीमा यस वर्ष १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लाका सबै पालिकामा रहेका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका गरी कुल १२ हजार ९० जनालाई खोप लगाउने तयारी गरिएको हो।जिल्ला जनस्वास्थ्य प्रशासक उमादेवी थापाका...

