१० दिनपछि राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा
काठमाण्डौं । प्राविधिक समस्याका कारण करिब १० दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचय -पत्रसम्बन्धी सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको समस्या समाधान भएपछि बुधबार दिउँसोबाट सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको राष्ट्रिय परिचय -पत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

