सोमबार, असार १५,२०८३ 06:51:32
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:51:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० दिनपछि राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा

Laxmi Sunrise Bank Limited
१० दिनपछि राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा

काठमाण्डौं । प्राविधिक समस्याका कारण करिब १० दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचय -पत्रसम्बन्धी सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ।  

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको समस्या समाधान भएपछि बुधबार दिउँसोबाट सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको राष्ट्रिय परिचय -पत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

गृह मन्त्रालयअन्तर्गत रहेको विभागका अनुसार गत वैशाख २१ गतेदेखि प्रणालीमा प्राविधिक गडबडी देखिएपछि राष्ट्रिय परिचय- पत्रसँग सम्बन्धित विभिन्न सेवा प्रभावित भएका थिए।  

त्यसपछि विभागले वैशाख २३ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली मर्मत तथा सुधारको काम भइरहेको जानकारी दिएको थियो।

प्राविधिक समस्याका कारण इनरोल अर्थात् विवरण दर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले मान्यता नदिने अवस्था सिर्जना भएको थियो।  

यसले नयाँ आवेदन दर्ता, विवरण प्रमाणीकरण, तथ्यांक अद्यावधिक तथा अन्य प्रशासनिक प्रक्रियामा प्रत्यक्ष असर परेको थियो।

सेवाग्राहीहरूले राष्ट्रिय परिचय -पत्रसँग सम्बन्धित सेवा लिन नसक्दा विभिन्न सरकारी तथा प्रशासनिक काममा समस्या भोग्नुपरेको थियो।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभागका प्राविधिक टोलीले केही दिनदेखि प्रणाली परीक्षण, मर्मत तथा डेटा समायोजनको काम तीव्र रूपमा गरिरहेको जनाएको छ।  

आवश्यक प्राविधिक सुधार सम्पन्न भएपछि प्रणालीलाई पुनः सञ्चालनमा ल्याइएको विभागले स्पष्ट पारेको छ।

सेवा अवरुद्ध हुँदा राष्ट्रिय परिचय -पत्र बनाउन आवेदन दिएका, बायोमेट्रिक विवरण दर्ता गराएका तथा विवरण सच्याउन चाहने हजारौँ सेवाग्राही प्रभावित भएका थिए।  

अहिले सेवा पुनः सञ्चालनमा आएसँगै नियमित कामकाज सहज हुने र रोकिएका प्रक्रिया क्रमशः अघि बढ्ने अपेक्षा गरिएको छ।

विभागले सेवा पुनः सञ्चालनमा आएपछि सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.