घट्यो बालबालिकाको जनसंख्या, देशभर ९८ लाख ६९ हजार ५८३ जना
काठमाण्डौ। नेपालमा बालबालिकाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकाको तथ्यांक सार्वजनिक गरेको छ। देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ। सबैभन्दा कम बालबालिका भएको प्रदेश कर्णाली र गण्डकी देखिएका छन् भने सबैभन्दा धेरै बालबालिका भएको प्रदेश मधेस रहेको छ। कर्णालीमा ६.८% बालक र ७%...