सोमबार, असार २२,२०८३ 10:18:01
Bizshala
  • सोमबार, असार २२,२०८३ 10:18:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्यो बालबालिकाको जनसंख्या, देशभर ९८ लाख ६९ हजार ५८३ जना

Laxmi Sunrise Bank Limited
घट्यो बालबालिकाको जनसंख्या, देशभर ९८ लाख ६९ हजार ५८३ जना

काठमाण्डौ। नेपालमा बालबालिकाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकाको तथ्यांक सार्वजनिक गरेको छ। देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ। सबैभन्दा कम बालबालिका भएको प्रदेश कर्णाली र गण्डकी देखिएका छन् भने सबैभन्दा धेरै बालबालिका भएको प्रदेश मधेस रहेको छ। 

कर्णालीमा ६.८% बालक र ७% बालिका छन्। त्यस्तै, गण्डकीको जनसंख्यामा ७.५% बालक र ७.३% बालिकाको संख्या रहेको छ। मधेस प्रदेशमा भने २४.५ प्रतिशत बालक र २४.१% बालिका गरी बालबालिकाको संख्या ४८.६% पुगेको छ।

New Office
CG Motors
Garima Development Bank

कोशीमा १५.७% बालक र १६.२% बालिकाको जनसंख्या छ। बागमतीमा १७.३% बालक र १६.९% बालिकाको जनसंख्या छ।लुम्बिनीमा १८% बालक र १८.२% बालिका छन्। 

त्यस्तै सुदूरपश्चिममा १०.२% बालक र बालिका १०.४% रहेका छन्। यस्तै, बागमती प्रदेशको बालबालिकाको साक्षरता दर ९८ % पुगेको छ। मधेश प्रदेशको ८५.७% लुम्बिनीको ९५.३, कोशीको ९६.८% गण्डकीको ९७.८% कर्णालीको ९६.६ % र सुदूरपश्‍चिमको ९६.४% साक्षरता रहेको छ।

बालबालिकाको जनसंख्यामा कमी आएसँगै उनीहरूको जीवनस्तरमा सुधार भएको देखिन्छ। हाल बालबालिकाको औसत साक्षरता दर ९४.१% पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.