नेपालमा राकुटेन भाइबरः एक दशकभन्दा बढी समयदेखि विश्वासको सम्बन्ध जोड्दै
काठमाण्डौ । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दा विश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर(घरमा परिचित नाम बनेको छ। यसले मानिसहरूलाई अर्थपुर्ण सम्बन्धहरू बनाउन, आफ्ना परिवार र साथीहरूसँगका अमूल्य क्षणहरू सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि...