उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा
काठमाण्डौ । सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन रकम निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुध तथा उखु किसानका लागि झण्डै २ अर्ब रुपियाँ निकास गरिएको मन्त्रालयले जनाएको छ ।दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।