मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सम्पूर्ण तयारी पूराः राप्रपा
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मंगलबार काठमाण्डौमा आयोजना गर्ने प्रदर्शन र सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिन मंगलबार काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शन र सभा आयोजना गर्दैछ ।