शिवश्रि हाइड्रोको हकप्रद बिकेन, ८.६५ लाख कित्ता अक्सनमा
काठमाण्डौ । शिवश्रि हाइड्रोपावरले निश्कासन गरेको हकप्रद सेयर नबिकेपछि ठूलो परिमाण अक्सनमा ल्याइएको छ । यो हाइड्रोपावर कम्पनीले २०८२ भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । तर सबैले आवेदन नदिएपछि सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद अक्सनमा ल्याइएको हो ।

