रोनाल्डोको लक्जरी कार मोहः करोडौं मूल्यका दुर्लभ सुपरकारदेखि हाइपरकारसम्मको कलेक्सन
काठमाण्डौ। विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डो मैदानमा आफ्नो खेलका कारण जति चर्चित छन्, मैदानबाहिरको विलासी जीवनशैलीका कारण पनि उत्तिकै चर्चामा रहन्छन्। विशेषगरी दुर्लभ, शक्तिशाली र महँगा सुपरकारप्रतिको उनको रुचिले विश्वभरका अटोमोबाइल प्रेमीको ध्यान खिच्ने गरेको छ।रोनाल्डोको कार कलेक्सनमा बुगाटी, फेरारी, म्याकलारेन, मर्सिडिज–एएमजीलगायत विश्वका...

