नेपाल टेलिभिजनका उपकरण खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
काठमाण्डौ । नेपाल टेलिभिजनमा विगतका वर्षहरूमा भएका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा.सुदीप भट्टराईको नेतृत्वमा समिति गठन गरिएको हो।

