सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन १ अर्ब ११ करोड खर्च हुने
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई पुरानै स्वरूपमा फर्काउन करिब १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हालसम्म मूल भवनको दक्षिण, पूर्व र उत्तर खण्ड पुनर्निर्माण भइसकेको छ। यी तीन खण्डको पुनर्निर्माणमा करिब ११ करोड रुपैयाँ खर्च भइसकेको छ।अब पश्चिमतर्फको...

