शुक्रबार, कार्तिक २०,२०८३ 02:38:20
  • शुक्रबार, कार्तिक २०,२०८३ 02:38:20
Global IME Bank Limited

सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन १ अर्ब ११ करोड खर्च हुने

Bizshala
सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन १ अर्ब ११ करोड खर्च हुने
New Office

 

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई पुरानै स्वरूपमा फर्काउन करिब १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हालसम्म मूल भवनको दक्षिण, पूर्व र उत्तर खण्ड पुनर्निर्माण भइसकेको छ। यी तीन खण्डको पुनर्निर्माणमा करिब ११ करोड रुपैयाँ खर्च भइसकेको छ।

अब पश्चिमतर्फको अगाडिको मूल खण्ड मात्रै पुनर्निर्माण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ। उक्त खण्ड पुनर्निर्माण गर्न मात्रै करिब १ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

कार्यालयका सूचना अधिकारी अरुण भुजेलका अनुसार तिहारलगत्तै पश्चिम खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी छ। सम्पूर्ण पुनर्निर्माण कार्य दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आगोबाट भएको क्षतिको विस्तृत अध्ययन पुल्चोक इन्जिनियरिङ कलेजले गरेको थियो। अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।

सरकारी अधिकारीहरूका अनुसार आगजनीबाट भवनभित्रका फर्निचर, उपकरण तथा अन्य सामग्रीसमेत जोड्दा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

सिंहदरबारको मूल भवन अंग्रेजी अक्षर ‘सी’ आकारमा निर्माण गरिएको छ। आगलागीबाट पूर्वी भागको तुलनामा पश्चिमी भागमा बढी क्षति पुगेको बताइएको छ।

आगलागीका कारण करिब १२० वर्ष पुरानो मूल भवनभित्र रहेको ऐतिहासिक ‘स्टेट हल’ पूर्ण रूपमा ध्वस्त भएको थियो। राणाकालमा निर्माण गरिएको उक्त हल विशिष्ट विदेशी पाहुनाको स्वागत तथा महत्वपूर्ण कार्यक्रमका लागि प्रयोग हुँदै आएको थियो।

Garima Development Bank
Bizshala
IME remit

स्टेट हलमा विदेशी पाहुनाबाट प्राप्त बहुमूल्य तथा ऐतिहासिक उपहारसमेत राखिएका थिए। आगलागीमा ती सामग्रीसमेत नष्ट भएको जनाइएको छ।

हाल सिंहदरबारको मूल भवनलाई हरियो पर्दाले छोपिएको छ भने इन्जिनियरहरूले भवनमा रातो स्टिकर टाँसेका छन्। रातो स्टिकरले भवन हालको अवस्थामा प्रयोग गर्न सुरक्षित नरहेको जनाउँछ।

यसअघि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलाई प्रबलीकरण गरिएको थियो। त्यसबेला पनि एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सबै सरकारी भवन तथा संरचना पुनर्निर्माण गर्न भने कम्तीमा ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.