सुनापतिमा मंसिर २५ देखि पर्यटन महोत्सव र लगानी सम्मेलन, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य
काठमाण्डौ । रामेछापको सुनापति गाउँपालिकाले पर्यटन क्षेत्रको विकास, स्थानीय उत्पादनको बजारीकरण तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने उद्देश्यसहित ‘सुनापति भ्रमण वर्ष–२०८३’ घोषणा गरेको छ।भ्रमण वर्षको अवसरमा गाउँपालिकाले आगामी मंसिर २५ देखि २७ गतेसम्म ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सुनापति डाँडामा तीनदिने पर्यटन महोत्सव तथा लगानी सम्मेलन आयोजना गर्ने भएको...

