अन्तरिक्षमा फसेका यात्रीको दैनिकी: पिसाबलाई रिसाइकल गरेर पिउनुपर्ने, डेढ घण्टामै सूर्यास्त
काठमाण्डौ। गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन्। यी दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू केवल आठ दिन मात्र त्यहाँ बिताएर पृथ्वीमा फर्कनुपर्ने थियो। तर, बोइंग स्टारलाइनर अन्तरिक्ष यानमा हिलियम चुहिएका कारणले गर्दा उनीहरूलाई त्यहाँ आठ...