शनिबार, असार २०,२०८३ 01:16:38
Bizshala
  • शनिबार, असार २०,२०८३ 01:16:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तरिक्षमा फसेका यात्रीको दैनिकी: पिसाबलाई रिसाइकल गरेर पिउनुपर्ने, डेढ घण्टामै सूर्यास्त

Laxmi Sunrise Bank Limited
अन्तरिक्षमा फसेका यात्रीको दैनिकी: पिसाबलाई रिसाइकल गरेर पिउनुपर्ने, डेढ घण्टामै सूर्यास्त

काठमाण्डौ। गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन्। यी दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू केवल आठ दिन मात्र त्यहाँ बिताएर पृथ्वीमा फर्कनुपर्ने थियो। तर, बोइंग स्टारलाइनर अन्तरिक्ष यानमा हिलियम चुहिएका कारणले गर्दा उनीहरूलाई त्यहाँ आठ महिना बस्नुपर्ने भएको छ। 

नासाले दिएको जानकारी अनुसार उनीहरूलाई २०२५ को फेब्रुअरीमा पृथ्वीमा फर्काइनेछ। पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेको स्पेस स्टेशनमा अहिले सुनिता र बेरीसँगै कुल ९ जना अन्तरिक्षयात्री छन्। अन्तरिक्ष स्टेसनमा बस्ने अन्तरिक्ष यात्रीहरुको दिनचर्या कस्तो हुन्छ  वास्तवमा स्पेस स्टेशनमा जाने र बस्ने कुरा जति रोचक र स्वप्निल लाग्छ, त्यो यथार्थमा त्यति सजिलो छैन। यस्तो हुन्छ अन्तरिक्ष स्टेशनमा बस्नेहरुको दैनिकी ?

New Office
CG Motors
Garima Development Bank

बेलायती अन्तरिक्ष यात्री मेगन क्रिश्चियन यूके स्पेस एजेन्सी अन्तरगत अन्तरिक्षमा जाने रिभर्ज टोलीको सदस्य हुन्। उनले द सन लाई बताएअनुसार, अन्तरिक्ष स्टेशनमा बसाइको क्रममा अन्तरिक्ष यात्रीले नुहाउन पाउँदैनन्। उनका अनुसार अन्तरिक्ष यात्रीहरूले आफ्नो पिसाबको शुद्धीकरण अर्थात् रिसाइकल गरेर पिउनु पर्छ। साथै, उनीहरूले हानिकारक विकिरणको पनि सामना गर्नुपर्छ। उनी भन्छिन् – हामीले सदैव स्वीकार गर्ने कुरा के हो भने अन्तरिक्ष कठिन स्थान हो।

हाल स्पेस स्टेशनमा नौ जना अन्तरिक्ष यात्रीहरु छन्। उनीहरुले दुईवटा बाथरूम र छ वटा सुत्ने कोठा सेयर गरिरहेका छन्। स्टेशनमा पृथ्वीबाट खाना र पानीको आपूर्ति गरिन्छ, जसलाई अत्यन्तै सावधानीपूर्वक प्रयोग गर्नु आवश्यक हुन्छ। शरीरबाट निस्कने तरल पदार्थ, विशेष गरी पिसाबलाई रिसाइकल गरेर पिउनका लागि प्रयोग गरिन्छ। पसिना र सासबाट निस्कने चिसोपनालाई पनि यस्तै गरेर उपयोग गरिन्छ।

मेगनका अनुसार स्पेस स्टेशनमा नुहाउनका लागि कुनै बाथरुम छैन। जीउ सफा गर्नका लागि अन्तरिक्ष यात्रीहरूले एक प्रकारको भिजेको टावेल प्रयोग गर्छन्। पृथ्वीको चुम्बकीय क्षेत्रबाट बाहिर बस्नुपर्ने भएकाले त्यहाँ विकिरणको पनि खतरा रहन्छ। गुरुत्वाकर्षण कम भएकाले शरीरका मांसपेशीहरूले धेरै काम गर्न पर्दैन, जसले शरीरलाई हानि पुर्‍याउन सक्छ। 

अन्तरिक्षमा हरेक ९० मिनेटमा सूर्य अस्ताउने र उदाउने हुन्छ। त्यसैले अन्तरीक्षयात्रीले उक्त सौर्यचक्रको बानी बसाल्नुपर्छ। मेगनका अनुसार अन्तरिक्षमा हरेक कुरा सकेसम्म पुनः प्रयोग तथा पुनः चक्रण अर्थात् रिसाइकल गर्नुपर्छ। त्यहाँ हिजो खाएको कफी नै आज खाने कफी हो।  यो सुन्दा घिनलाग्दो लाग्नसक्छ। तर, तपाईंको आफ्नै पिसाब पनि रिसाइकल गरेर पिउन लायक शुद्ध पानी बनेको हुन्छ, जुन तपाईंले निर्धक्क पिउन सक्नुहुनछ।

उनका अनुसार शौचालयको हकमा चाहिं विशेष प्रकारको सक्शन ट्वाइलेट हुन्छ, जसले दिसापिसाब सहित शरीरको तरल पदार्थहरू संकलन गर्छ। अन्तरिक्षमा शौचालयलाई पृथ्वीको जस्तो गरी प्रयोग गर्न सकिंदैन। सूक्ष्म गुरुत्वाकर्षणका कारण हरेक वस्तुहरू अन्तरिक्ष स्टेशनमा तैरिरहेका हुन्छन्। अन्तरिक्ष यात्रीहरूले एउटा नलीमा पिसाब गर्छन्, जसको अगाडि कन्टेनर जोडिएको हुन्छ। दिसा गर्नको लागि एउटा कन्टेनरको माथि सानो शिट हुन्छ, जसमा रबरयुक्त ब्याग जोडिएको हुन्छ। -एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.