काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् उपभोग गरेबापतको पहिलो किस्ता तिरेको छ । कम्पनीले तिर्नुपर्ने कुल २८ किस्तामध्ये पहिलो किस्तामा २ करोड ७७ लाख रुपैयाँ तिरेको हो ।
कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा प्राधिकरणले उपलब्ध गराएको डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापत उक्त रकम तिरेको हो । कम्पनीले कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।
बक्यौता रकमको पहिलो किस्ता तिरेबापत कम्पनीमा विद्युती आपूर्ति पुनः सुचारु गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।