सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया अचानक रद्द
काठमाण्डौं । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदपूर्तिका लागि प्रकाशित गरिएको दरखास्त आह्वान सूचना अप्रत्याशित रूपमा रद्द गरेको छ। मन्त्रालयले शुक्रबार नयाँ सार्वजनिक सूचना जारी गर्दै “विशेष कारणवश” अध्यक्ष नियुक्तिसम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया स्थगित गरिएको जनाएको हो।

