लामो दूरीका बसमा अब ‘लगेज ट्याग’ अनिवार्य, जेठ १५ देखि नयाँ सुरक्षा प्रणाली लागू हुने
काठमाण्डौं । काठमाडौँ उपत्यकाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनमा अब यात्रुको सामान व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन ‘लगेज ट्याग प्रणाली’ लागू गरिने भएको छ । यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।

