संसदीय सुनुवाइमा नयाँ नियम, नियुक्तिपछि पनि हुनेछ अनुगमन
काठमाण्डौं । संसदीय सुनुवाइ प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको दोस्रो बैठकले संशोधित कार्यविधिलाई अनुमोदन गर्दै सुनुवाइसँगै नियुक्तिपछिको अनुगमन प्रणालीलाई पनि औपचारिक रूपमा समेटेको हो ।

