सिटिजन्स बैंकका ग्राहकले हिमाल हस्पिटलमा विशेष छुट पाउने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटल प्रा.लीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटल प्रा.ली मा १०% सम्मको आकर्षक छुट पाउनेछन्।