विपद् व्यवस्थापनका लागि सरकारको ‘सेतुर्यापिड’ पोर्टल सञ्चालनमा उद्धार, राहत माग र सहयोग अब एउटै डिजिटल प्लेटफर्मबाट
काठमाडौं। सरकारले विपद्का बेला उद्धार, राहत तथा सहयोगलाई थप व्यवस्थित र छिटो बनाउन ‘सेतुर्यापिड (SetuRapid)’ नामको नयाँ डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) र सडक विभाग (DOR) को समन्वयमा सञ्चालनमा आएको पोर्टलले उद्धारकर्ता, कमान्ड सेन्टर र फिल्डमा परिचालित सवारीसाधनलाई एउटै लाइभ नक्सामा जोड्ने लक्ष्य राखेको...

