कांग्रेसको वडा अधिवेशन एक साता सर्ने तयारी, केन्द्रीय महाधिवेशन असोजमै गर्ने अडान
काठमाण्डौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका केही पर सार्ने तयारी गरेको छ। विशेषगरी आगामी बुधबारका लागि तय गरिएको वडा अधिवेशन करिब एक साता पछाडि धकेल्ने विषयमा आइतबार बस्ने कार्यसम्पादन समिति बैठकमा छलफल हुने भएको छ।सभापति गगन थापाले आइतबार दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकमा बाढीपछिको अवस्था,...

