नारायणगढ–मुग्लिन सडक खुल्यो, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याउने तयारी
काठमाण्डौ । अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुल क्षेत्रमा थुप्रिएको लेदोसहितको पहिरो हटाइएसँगै सडकमा सवारी आवागमन सुरु भएको हो।सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतबार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाउने काम सम्पन्न भएपछि दिउँसो १२ः१५ बजेदेखि सडक पूर्ण रूपमा...

