काठमाडौँ महानगरमा सहकारी संकट गहिरिँदै, ६ हजार बचतकर्ताको ५ अर्बभन्दा बढी दाबी
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाभित्र सहकारी संस्थासम्बन्धी समस्या बढ्दै गएपछि बचत फिर्ता माग्ने बचतकर्ताको संख्या ६ हजार पुगेको छ।वैशाख १७ गतेदेखि हालसम्म सहकारी विभागमा दर्ता भएका उजुरीहरूमा बचतकर्ताहरूले कुल ५ अर्ब २७ करोड रुपैयाँ फिर्ता गराउन माग गरेका छन्।

