साझा यातायातको सीईओ पदका लागि पुनः दरखास्त आह्वान
काठमाण्डौ । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ । गत पुस २९ गते दरखास्त आह्वान गरिएकोमा पर्याप्त आवेदन नपरेकाले पुनः दरखास्त आह्वान गरिएको हो । योग्यता भएका इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन ललितपुरको पुल्चोकमा रहेको साझा यातायातको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।