मंगलवार, असार ९,२०८३ 03:13:50
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:13:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साझा यातायातको सीईओ पदका लागि पुनः दरखास्त आह्वान

Laxmi Sunrise Bank Limited
साझा यातायातको सीईओ पदका लागि पुनः दरखास्त आह्वान

काठमाण्डौ ।  साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ । गत पुस २९ गते दरखास्त आह्वान गरिएकोमा पर्याप्त आवेदन नपरेकाले पुनः दरखास्त आह्वान गरिएको हो ।  

योग्यता भएका इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन ललितपुरको पुल्चोकमा रहेको साझा यातायातको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।  

New Office
CG Motors
Garima Development Bank

आवेदकले मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै, कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृत स्तरमा कम्तिमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । आवेदकको उमेर ३५ वर्ष पूरा गरेको हुनुपर्ने छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.