सरकारले शुरु गर्यो पाक्षिक तलब प्रणाली, कर्मचारीले अब महिनामा दुई पटक पारिश्रमिक पाउने
काठमाण्डौ, नेपाल सरकारले निजामती कर्मचारीलाई महिनामा दुई पटक तलब दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणालीअन्तर्गत कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउनेछन्।यसको सुरुवात वैशाख १६ गतेदेखि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट गरिएको छ। पहिलो चरणमा यी दुई निकायका कर्मचारीले पाक्षिक रूपमा तलब पाउन थालेका छन्।

