भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त
काठमाण्डौ । भारत सरकारले सञ्जय मल्होत्रालाई भारतीय केन्द्रीय बैंक, ‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ’को नयाँ गभर्नर नियुक्त गरेको छ । मल्होत्रा आरबीआईको २६ औं गभर्नर बन्नेछन् र उनले हालका गभर्नर शक्तिबान्त दासको स्थान लिनेछन् । शक्तिकान्त दास सन् २०१८ को डिसेम्बर १२ मा गभर्नर नियुक्त भएका थिए । यसबीचमा उनको कार्याकाल ३ वर्षका लागि थप गरिएको थियो ।