शुक्रबार, असार १९,२०८३ 10:11:25
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 10:11:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त

Laxmi Sunrise Bank Limited
भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त

काठमाण्डौ । भारत सरकारले सञ्जय मल्होत्रालाई भारतीय केन्द्रीय बैंक, ‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ’को नयाँ गभर्नर नियुक्त गरेको छ । मल्होत्रा आरबीआईको २६ औं गभर्नर बन्नेछन् र उनले हालका गभर्नर शक्तिबान्त दासको स्थान लिनेछन् ।  

शक्तिकान्त दास सन् २०१८ को डिसेम्बर १२ मा गभर्नर नियुक्त भएका थिए । यसबीचमा उनको कार्याकाल ३ वर्षका लागि थप गरिएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

राजस्थान क्याडरको १९९० ब्याचका भारतीय प्रशासनिक सेवा अधिकारी सञ्जय मल्होत्राले भारतीय प्रौद्योगिक संस्थान कानपुरबाट कम्प्युटर साइन्स इन्जिनियरिङमा डिग्रीका साथै प्रिन्सटन युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर गरेका छन् ।  

उनले उर्जा, वित्त,कर प्रणाली,सूचना प्रविधि र खानी जस्ता विभिन्न क्षेत्रमा काम गरेका छन् । उनीसँग ३३ वर्षभन्दा बढीको अनुभव रहेको जनाइएको छ । वित्त मन्त्रालयको सेक्रेटरीको रुपमा काम गर्नुअघि उनले भारत सरकारको वित्त मन्त्रालयको मातहतमा वित्तीय सेवा विभागमा सचिवको रुपमा काम गरेका थिए । उनीसँग राज्य र केन्द्र सरकार दुवै स्तरमा वित्त र कर प्रणाली क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।  

नवनियुक्त गभर्नर मल्होत्राले डिसम्ेबर ११ गतेबाट पदभार सम्हाल्ने छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.