शनिबार, श्रावण १७,२०८२ 11:14:12
  • शनिबार, श्रावण १७,२०८२ 11:14:12
Global IME Bank Limited

भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त

Hyundai Nepal
भारतको केन्द्रीय बैंकको गभर्नरमा सञ्जय मल्होत्रा नियुक्त
Shivam Cement

काठमाण्डौ । भारत सरकारले सञ्जय मल्होत्रालाई भारतीय केन्द्रीय बैंक, ‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) ’को नयाँ गभर्नर नियुक्त गरेको छ । मल्होत्रा आरबीआईको २६ औं गभर्नर बन्नेछन् र उनले हालका गभर्नर शक्तिबान्त दासको स्थान लिनेछन् ।  

शक्तिकान्त दास सन् २०१८ को डिसेम्बर १२ मा गभर्नर नियुक्त भएका थिए । यसबीचमा उनको कार्याकाल ३ वर्षका लागि थप गरिएको थियो ।  

Muktinath Bikas Bank Limited

राजस्थान क्याडरको १९९० ब्याचका भारतीय प्रशासनिक सेवा अधिकारी सञ्जय मल्होत्राले भारतीय प्रौद्योगिक संस्थान कानपुरबाट कम्प्युटर साइन्स इन्जिनियरिङमा डिग्रीका साथै प्रिन्सटन युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर गरेका छन् ।  

उनले उर्जा, वित्त,कर प्रणाली,सूचना प्रविधि र खानी जस्ता विभिन्न क्षेत्रमा काम गरेका छन् । उनीसँग ३३ वर्षभन्दा बढीको अनुभव रहेको जनाइएको छ । वित्त मन्त्रालयको सेक्रेटरीको रुपमा काम गर्नुअघि उनले भारत सरकारको वित्त मन्त्रालयको मातहतमा वित्तीय सेवा विभागमा सचिवको रुपमा काम गरेका थिए । उनीसँग राज्य र केन्द्र सरकार दुवै स्तरमा वित्त र कर प्रणाली क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।  

नवनियुक्त गभर्नर मल्होत्राले डिसम्ेबर ११ गतेबाट पदभार सम्हाल्ने छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.