मधेसमा तीन वर्षभित्र इन्जिनियरिङ क्याम्पस, स्थान छनोटका लागि अध्ययन समिति बन्ने
काठमाण्डौ । सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी तीव्र बनाएको छ।मधेसमै गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले काठमाण्डौसहित अन्य प्रदेश धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यसहित सरकारले नयाँ क्याम्पस स्थापनाको प्रक्रिया अघि...

