सतर्कता केन्द्रको अनुगमनमा ४ हजारभन्दा बढी कर्मचारी कारबाही सिफारिसमा
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी कार्यालयहरूमा कर्मचारीमाथिको निगरानी कडा बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ यता ३६२ सरकारी कार्यालयको अनुगमन गर्दै ४ हजार १८८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ।

