सोमबार, असार १५,२०८३ 05:28:08
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:28:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सतर्कता केन्द्रको अनुगमनमा ४ हजारभन्दा बढी कर्मचारी कारबाही सिफारिसमा

Laxmi Sunrise Bank Limited
सतर्कता केन्द्रको अनुगमनमा ४ हजारभन्दा बढी कर्मचारी कारबाही सिफारिसमा

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी कार्यालयहरूमा कर्मचारीमाथिको निगरानी कडा बनाएको छ।  

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ यता ३६२ सरकारी कार्यालयको अनुगमन गर्दै ४ हजार १८८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सतर्कता टोलीले कार्यालय समय, ई–हाजिरी, पोसाक, कार्यकक्षमा उपस्थिती तथा फाइल व्यवस्थापनको आधारमा निगरानी गरिरहेको छ।  

बिहान ९्:०५ पछि कार्यालय पुग्ने वा ५ बजेअघि निस्किने कर्मचारीमाथि स्पष्टीकरण सोध्ने र कारबाही सिफारिस गर्ने गरिएको छ।

कारबाही सिफारिसमध्ये ३ हजार ३०१ जना समयपालन र कार्यकक्षमा अनुपस्थितिको कारण परेका छन् भने ८७८ जना पोसाकसम्बन्धी नियम उल्लंघनमा परेका छन्।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सहसचिवदेखि कार्यालय सहयोगीसम्म निगरानीको दायरामा परेका छन्। 

सरकारले यसलाई सुशासन र कार्यक्षमता सुधारको प्रयास भनेको छ। 

केही कर्मचारीले कार्यालय अनुशासन र कामको गति बढेको बताएका छन् भने अर्कोतर्फ अत्यधिक निगरानीका कारण त्रास र दबाब बढेको गुनासो पनि गरेका छन्।

राजकुमार श्रेष्ठ ले भने नयाँ सरकारसँग तालमेल मिलाउन समय लाग्ने बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.