मलेसिया जाने श्रमिकबाट अवैध असुली प्रकरण : २५ पटक रकम पठाउने निर्णय, श्रम मन्त्रालयका महत्त्वपूर्ण कागजात नै गायब
काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट अवैध रूपमा रकम असुली गरिएको प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा श्रम मन्त्रालयभित्रका गम्भीर अनियमितताका विवरण बाहिरिन थालेका छन्। श्रमिकबाट संकलित रकम मलेसिया पठाउन पटकपटक निर्णय गरिएको र ती निर्णयसँग सम्बन्धित महत्त्वपूर्ण कागजातसमेत मन्त्रालयबाट गायब भएको दाबी सार्वजनिक भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

