दशैँ खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले दिए विभागमा उजुरी
काठमाडौं । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्। विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ती उजुरी प्राप्त भएका हुन्।श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ। एक वर्ष सेवा अवधि...

