पूँजीबजार सुधारका लागि सेबोनमा १०० बुँदे सुझाव पेश, विद्यार्थीलाई आइपीओमा १०% कोटादेखि क्यापिटल गेन ट्याक्स घटाउन माग
काठमाण्डौ । नेपालको पूँजीबजार सुधार तथा सुदृढीकरणका लागि एक सेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा १०० बुँदे सुझावहरु पेश गरेका छन् । लगानीकर्ता आदित्य पौडेलले नेपालको पूँजीबजार चरणबद्ध रुपमा सुधार गर्नुपर्ने मागसहित सुझावहरु पेश गरेका हुन् । नेपालको सेयरबजारलाई अझ पारदर्शी, स्थिर, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरअनुकुल बनाउन आवश्यक रहेको उनले बताएका छन्...

