खिर खाएर साउन १५ मनाइँदै
काठमाण्डौ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदैछ । दुधमा मरमसलालगायतका सामाग्री हालेर बनाइने खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने प्रचलनको सुरुवात भएको जनविश्वास रहेको छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ गते खिर खाने प्राचिन कालदेखि नेपाली परम्परा रहि आएको छ ।