सिद्धार्थ राजमार्ग पहिरोका कारण अवरुद्ध
काठमाण्डौ । तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।नेपाल प्रहरीका अनुसार माथिबाट निरन्तर पहिरो खसिरहेको हुँदा सडक खुलाउने कार्य तत्काल अघि बढाउन कठिनाइ भइरहेको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिक...

