काठमाण्डौ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । हिजो रातीदेखि आएको वर्षाको कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेको छ । जसका कारण सवारी आवतजावतमा समस्या आएको छ ।
पृथ्वी राजमार्गको अधिकांश स्थानमा एकातर्फी सवारी आवतजावत मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।
यो राजमार्ग राजमार्ग भएर राजधानीबाट आवतजावत गर्ने यात्रुबाहक र मालवाहक सवारीका साधनहरुको यात्रा कष्टपूर्ण बनेको छ । अहिले राजमार्गमा खसेको पहिरो हटाउने काम भईरहेको छ ।
यस्तै गएरातिदेखि नै परेको अविरल बर्षाका कारण स्याङ्जामा बिहान ५ बजेदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको गल्याङ नगरपालिका–१ मालुङ्गामा लेदोसहितको माटो सडकमा थुपरिएपछि सवारी आवागमन ठप्प भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।