विद्यार्थी संगठन खारेजी मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाण्डौँ । शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त निर्णयको कानुनी आधार र औचित्य स्पष्ट पार्न सरकारलाई आदेश दिएको हो।

