सर्वोच्चद्वारा कुलमानलाई अन्तरिम आदेश दिन अस्वीकार
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशन कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्वोच्च अदलातका न्यायाधीश अब्दुल अजीज मुसलमानले घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश अब्दुल अजीजले ‘अल्पकालीन अन्तरिम आदेश जारी नहुने’ भन्दै दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताएका छन् ।