काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशन कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्वोच्च अदलातका न्यायाधीश अब्दुल अजीज मुसलमानले घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश अब्दुल अजीजले ‘अल्पकालीन अन्तरिम आदेश जारी नहुने’ भन्दै दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताएका छन् ।
घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री दिपक खड्का, विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएर रिट हालेका छन् । उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने माग राखेका थिए ।
सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।