सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाढीपीडितका लागि १ करोड सहयोग गर्ने
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

