काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायसँग आफूहरू साथमा रहेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्सले आभार व्यक्त गरेको छ।
कम्पनीले आफ्नो सहयोगबाट प्रभावित नागरिकको उद्धार, तत्कालीन राहत तथा पुनःस्थापनाका प्रयासमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।