तुलसीपुर उपमहानगरको २ अर्ब ४४ करोड ९५ लाखको बजेट सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता
काठमाण्डौ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख स्यानी चौधरीले नगर सभामा प्रस्तुत गरेको उक्त बजेट अघिल्लो आर्थिक वर्ष २०८२/८३ को तुलनामा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको हो।

